मुटु रोगको उपचारकै क्रममा एक महिलालाई कोरोना संक्रमण

काठमाडौं।
उपचारकै क्रममा एक जना महिलालाई कोरोना संक्रमण भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस
(कोभिड १९) को संक्रमण पुष्टि भएको हो।

एक साताअघि ति महिलालाई उपचारकोलागि काठमाडौं ल्याईएको थियो। उनी मुुटु रोगको बिरामी रहेका कारण
हेटौंडा अस्पतालले त्रिवि शिक्षण अस्पतालभित्रै रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा जान सुझाएपछि त्यहि उपचार हुँदै गरेको अवस्थामा कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ।

महिलामा कोरोना संक्रमण देखिए लगतै सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईंले बताए । काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको छ। महिलामा संक्रमण पुष्टि भएपछि आफूहरु पनि क्वारेन्टाइनमा बस्न लागेको डा. श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण

संक्रमण देखिएकी महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारिएको छ। पिसिआर परीक्षण गर्दा शुक्रबार महिलालाई कोरोनाभाइरस संक्रमण देखिएको थियो।