अमेरिकामा कोरोना संक्रमणले ९५ हजार ९ सय ७९ जनाको मृत्यु

एजेन्सी।अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहानसम्मको तथ्याङ्क अनुसार अमेरिकामा १६ लाख ९ सय ३७ जना संक्रमित पुगेका छन्।

चीनबाट सुरु भएको संक्रमणले विश्वव्यापी स्वरुप लिँदा अमेरिका भने ढिलो गरी लकडाउना गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध विषवमन गरिरहँदा अमेरिकामा संक्रमण अत्यधिक बढेको थियो। विश्वभर ५२ लाख १० हजार ८ सय सत्र जना संक्रमित हुँदा अमेरिकामा मात्र त्यसको ३० दशमलब ७ प्रतिशत संक्रमित छन्।

विश्वभर कोरोनाका कारण लाख ३८ हजार १ सय ६० जनाको ज्यान लिइसकेको छ। अमेरिकामा ९५ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। न्युयोर्क शहरमा मात्रै २८ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ। न्युयोर्कमा ६३ हजार २ सय ९२ जना मुक्त पनि भइसकेका छन्। अमेरिकाभर अहिलेसम्म ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १ हजार नाघ्यो