क्वारेन्टाइनमा लापरवाही गरेको भन्दै नारा बाजी र विरोध जुलुस (भिडियो सहित)

भैरहवा। रूपन्देहीको कोटहीमाई गाउँपालिका स्थित बोगडी माध्यमिक विद्यालय हर्दीमा निर्मित क्वारेन्टाइनमा बसेका मानिस र त्यहाँ कार्यरत कर्मचारीले लापरवाही गरेको भन्दै उक्त गाउँका स्थानीयले शनिवार बिहान गाउँपालिका अध्यक्ष चन्द्र भुषण यादवविरुद्ध नाराबाजी गर्दै विरोध जुलुस निकालेका छन्।

क्वारेन्टाइनमा बसेका मानिसले खेर गएको खाना प्लाष्टिकको झोलामा राखेर क्वारेन्टाइन बाहिर सडकमा फ्याँक्ने र त्यहाँ कार्यरत कर्मचारीले बचेको खाजा र खाना घर लैजाने गर्दा त्रास बढेको र सो बारे गाउँपालिका अध्यक्षलाई जानकारी गराए पनि सुनवाई नभएपछि विरोध गरिएको स्थानीय निशान्त पाण्डेले बताए।

अन्य सम्बन्धित समाचार:  प्युठानमा चट्याङ लागेर बालकको मृत्यु