चीनले पनि सीमा मिचेको अध्ययन प्रतिबेदन सार्वजनिक

सीमामा रहेको ३६ हेक्टर भूभाग मिचेको तथ्यांक

काठमाडौँ। नेपालसंगको सीमा विवादका कारण भारतको खुलेरै बिरोध भइरहँदा उता चीनले पनि सीमा मिचेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। सरकारी तथ्यंक हेर्ने हो भने चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको ३६ हेक्टर भूभाग मिचेको छ।

यसअन्तगर्त चीनले नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो। सिमाना अध्ययन गरेको नापी शाखाको टोलीले सरकारलाई २०७२ साउन ५ गते प्रतिवेदन बुझाएको थियो।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार उक्त नेपाली जमिन चीनले मिचेको हो। चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन्।

नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको संख्या ८ सय ७० पुग्यो

चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।