भेहिकल सेनेटाइजिङ टनेल सञ्चालन (भिडियो रिपोर्ट)

श्याम गुप्ता, बारा।
कोभिड १९ कोरोनाको कहर बढी रहँदा बाराको निजगढ नगरपालिकामा भेहिकल सेनेटाइजिङ टनेल शनिबारबाट सञ्चालनमा आएको छ। पूर्वपश्चिम राजमार्गको निजगढ सडक खण्डको बकैया पुल नजिकै सवारी साधनको सेनेटाइजिङ अर्थात् स्प्रे हुने टनेल निर्माण गरिएको हो ।

निजगढ नगरपालिकाको सहकार्य र खानी तथा क्रसर निर्माण व्यवसायी संघ निजगढको करिब ३ लाख ५० हजारको लागतमा टनेल निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

 

निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले एक कार्यक्रमबिच भेहिकल सेनेटाइजिङ टनेलको उद्घाटन गरे। टनेल सञ्चालनले सङ्क्रमण न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  थप ११४ जनामा कोभिड–१९ संक्रमण, संख्या ८८६