ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण

काठमाडौं। ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५  बर्षिय पुरुषमा कोरोना संक्रमण भएको र उनी ग्राण्डीका कर्मचारी भएको बुझिएको छ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले उनमा संक्रमण देखिएको थियो। संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ।

अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ। कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य बिमा