थप ३६ जनामा कोभिड–१९ संक्रमण, कुल संख्या ५८४

Prabhu Bank

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकमा थप ३६ जनामा कोभिड–१९ संक्रमित भेएिका छन्। यो सँगै कुल संक्रमितको संख्या ५८४ पुगेको छ। जसमध्ये पुरुष ५०५ जना र महिला ७९ जना रहेका छन्।

Saftey Pads

शनिबार संक्रमण देखिनेमा सेती अस्पतालमा ४ जना, कोशी अस्पतालमा एक जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जना छन्। यस्तै नैनापुर १ मा ६ जना, बर्दियामा एक जना र सुर्खेतमा तीन जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  धरानमा सप्तरीका संक्रमितको मृत्यु
Maruti Cement