थप ७ जनामा कोभिड–१९ संक्रमण, कुल संख्या ५९१ पुग्यो

Prabhu Bank

काठमाडौँ। नेपालमा थप ७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा रुपन्देहीका ३, कपिलवस्तुका ३ र गुल्मी मदानेका १ जना मा संक्रमण देखिएको हो।

Saftey Pads

प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीका अनुसार गुल्मीका संक्रमित ४१ वर्षीय शिक्षकको मृत्यु पश्चात गरिएको कन्ट्याक्ट ट्रेसिङमा नयाँ संक्रमित भेटिएका हुन्। यस्तै नेपालमा कुल संक्रमितको संख्या ५९१ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  धरानमा सप्तरीका संक्रमितको मृत्यु
Maruti Cement