थप १ प्रहरीमा कोरोना पुष्टि भएसँगै बारामा कोरोना संक्रमितको संख्या १३



श्याम गुप्ता, बारा। बारामा थप १ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कलैया बारामा कार्यरत सर्लाही ठेगाना भएका वर्ष ४९ का प्रहरी नायब निरीक्षक कोरोना सक्रमित पुष्टि भएको हो।

अहिले उनलाई कलैया अस्पताल लैजाने तयारी भइरहेकाे छ, तर उनको विवरण भने सर्लाहीको सुचिमा राखिएको छ। उनको जेठ ७ गते स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौंको टेकु स्थित केन्द्रिय प्रयोगशाला पठाईएको थियो।

अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य भईरहेकाे बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए। यस अघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा जेठ ३ कोरोना संक्रमण पुष्टि भएकाे थियो।

अन्य सम्बन्धित समाचार:  काठमाडौँमा थप एक कोरोना संक्रमितको मृत्यु

पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङ्गको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाईएको थियो। उनी प्रहरीका लागि निर्माण गरिएको बाल मन्दिर आइसोलेसनमा बस्दै आएका थिए। उनलाई कलैया अस्पताल ल्याउँने तयारी भईरहेको उनले बताए।

यो सँगै बारामा कोराेना संक्रमितको संख्या १३ पुगेको छ। जस मध्ये २ जना संक्रमण मुक्त भएर घर फर्केका छन् भने १० जना कलैया अस्पतालमा र एक जनालाई बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेकाे छ।

हाल सम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ जना रहेका छन्। यस्तै कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा २ जना र करैयामाई गाँउपालिकामा २ जनामा काेराेना पाेजेटिभ भेटिएका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२, आज १५ जना थपिए