एकैदिन १९ संक्रमित थपिए, कुल संख्या ६०३ पुग्यो



काठमाडौँ। नेपालमा कोभिड–१९ संक्रमितको संख्या ६०३ पुगेको छ। स्वास्थ्य मन्त्रालयले आईतवार अद्यावधिक गरेको विवरणमा थप १९ जना संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा कोभिड–१९ बाट ३ जनाको मृत्यु भईसकेको छ। यस्तै ४२ जिल्लामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।  यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो।

अन्य सम्बन्धित समाचार:  शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने