एम्सका वरिष्ठ डाक्टरको कोभिड १९ बाट मृत्यु



नयाँ दिल्ली। दिल्लीको अल इन्डिया इन्सच्युट अफ मेडिकल साइन्सेज (एम्स) का एक वरिष्ठ डाक्टरको शनिबार कोभिड १९ बाट मृत्यु भएको छ। मृत्यु हुनेमा ७८ वर्षिय डा. जितेन्द्रनाथ पाण्डे रहेका छन्।

उनी प्रिमियर अस्पतालको पल्मोनोलजी विभागका निर्देशक थिए, जसले केही हप्तादेखि कोरोनाभाइरस बिरामीहरूको उपचार गर्दै आएका थिए। डा. पाण्डे र उनकी श्रीमतीले मंगलवार संक्रमणको सामान्य लक्षण देखिएपछि घरमा नै आइसोलेसनमा बस्ने निर्णय गरेका थिए।

अन्य सम्बन्धित समाचार:  किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जनामा कोरोना भाइरस पुष्टि