घर घरमा पुगेर फोहोर उठाउदै जनप्रतिनिधी



रिदम सिंह, बझाङ। साईपाल हिमालका नामले नामाकरण गरिएको जिल्लाको अति सुन्दर तर विकट साईपाल गाउँपालिकालाई प्लास्टिक रहित गाउँपालिका घोषणा गर्ने योजना रहको छ। स्थानीय स्तरमा नै पाइने डोका डालाहरु र झोलाहरुको प्रयोग गरि गाउँपालिकालाई स्वच्छ तथा सफा राख्ने उद्देश्यका साथ गाउँपालिका भरि अहिले सरसफाइ योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको वडा नम्बर एक र दुई बाट अभियान सञ्चालन गरी पाँच वटै वडामा पुग्ने गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो। प्रत्येक घर र सार्वजनिक स्थलहरूमा स्थानीयताले उत्पादन गरेका डोकाहरु खरीद गरी राख्ने काम भै रहेको उहाँले जानकारी दिए। हिड्ने बाटोमा समेत ठाँउ ठाँउ निगालोले बुनेका डोकाहरु झुड्याईने काम गाउँपालिकाले सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बाटोमा हिड्ने बटुवाहरूले समेत सुर्ति, पुकार, मेघाश्री लगायतमा सुर्तिजन्य पदार्थ तथा मादक पदार्थ सेवन गरि जथाभावी रुपमा चुरोट लगायतका ठुटाहरू फाल्ने भएका कारण यसको रोकथामका लागी अहिले सरसफाइ अभियान अघि सारिएको अध्यक्ष धामीले जानकारी दिए।

कोरोनाका बारेमा सचेतना जोगाउदै सरसफाइ सहित गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीको नेतृत्वमा यहाँका केही जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरू नागरिकको घर दैलोमा नै पुगेर फोहोर उठाउँदै सचेत गराउने काम भै रहेको स्थानीय बासिन्दा मिलन बोहराले बताए।

फोटोः गाँउपालिकालाई प्लाष्टिक मुक्त बनाउने योजनाका साथ जनप्रतिनिधीहरु गाँउको फोहोर उठाउदै

गाउँपालिकाले जथाभावी रुपमा फोहोर गर्नेहरूलाई समेत पहिलो चरणमा सम्झाउने र पछि जथाभावी फोहोर गरेको पाइएमा तथा गाउँपालिकाको निर्णयलाई अटेरी गरेको खण्डमा दण्ड तथा जरिवाना समेत गर्न सकिने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  तराईमा बाढी र डुबानको समस्या, वर्षेनी ठूलो जनधनको नोक्सानी

स्थानीयहरुलाई गाँउपालिका भित्र प्लाष्टिक नल्याउन अनुरोध गर्दै यदि कोही कसैले प्लास्टिक गाँउपालिका भित्र ल्याउको खण्डमा त्यसलाई पुन प्रयोग गर्न र जथाभावी रुपमा नफाल्न अनुरोध समेत गाउँपालिकाले गरेको स्थानीयले बताए।

प्लास्टिक जन्य बस्तुहरू तथा शिशाका कारण वातावरणमा ठुलो असर पर्ने भन्दै गाउँपालिकाले यसको रोकथाम गर्न अहिले देखी नै विभिन्न सचेतनामुलक कार्यक्रमहरू सहित यसको रोकथाममा लागी लागी परेका जनाएको छ।