ललितपुरमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु



काठमाडौं। ललितपुरमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो। कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  बालाजु बृत्तका एक प्रहरी निरीक्षकलाई कोरोना संक्रमण पुष्टि