थप ७६ जनामा कोभिड संक्रमण, कुल संख्या ९६२ पुग्यो



काठमाडौँ। नेपालमा थप ७६ जनामा कोभिड–१९ संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा प्रदेश २ का ६ जिल्लामा उक्त पोजेटिभ देखिएको हो।

नयाँ संक्रमित हुनेमा २९ जना धनुषाका,१७ जना महोत्तरीका, १४ जना सप्तरीका,७ जना सर्लाहीका, ६ जना सिराहाका र ३ जना रौतहटका रहेका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९६२ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी