चीनबाट थप २८ टन स्वास्थ्य सामग्री आइपुग्यो



काठमाडौँ। नेपाली सेनाले चीनबाट थप २८ टन स्वास्थ्य सामग्री ल्याएको छ। नेपाल एयरलाइन्सको वाइडवडी जहाजले बिहीबार उक्त सामग्री ल्याएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

नेपाल एयरलाइन्सको वाइडवडी बुधबार चीनको ग्वान्झाउ पुगेको थियो। कोरोना सङ्क्रमण बढ्दै गएपछि सेनाले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट पीपीई, पीसीआर किट लगायतका स्वास्थ्य सामग्री ल्याएको हो।

अन्य सम्बन्धित समाचार:  बबई नदीको बाढीमा बगेर दुई बेपत्ता