कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य बिमा



काठमाडौँ।
सरकारले यस आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य पूर्वाधारका विकासका लागि १२ अर्ब ४६ करोड रकम विनियोजन गरेको जनाएको छ। त्यसै गरि ३ सय शैययाको सरुवा रोग अस्पतालका साथै सबै प्रदेशका राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने जनाईएको छ।

त्यसै गरि कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीका लागि ५ लाख सम्मको निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको उल्लेख छ। कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उच्च जोखिमयुक्त क्षेत्रमा रु ६ अर्ब व्यवस्था गर्नुको साथै कोरोना महामारीका कारण टुटेको उत्पादन र रोकिएको आपूर्ति शृङ्खला पुनः जोडिने सरकारको लक्ष्य रहेको छ।

त्यसै गरि आगामी बजेटले सङ्क्रामक रोग र विपदमा परेका नागरिकको जीवन रक्षा गरिने, सबै प्रकारको स्वास्थ्य जोखिमबाट नागरिकलाई जोगाउन स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिने भएको छ। आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने छ भने राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिने उल्लेख छ। त्यसैगरी स्वास्थ्य बिमा कार्यक्रम लागि रु ७ अर्ब ५० करोड बिनियोजन गरेको उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९२, आज १५ जना थपिए

सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व २०७७/७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाइएको जानकारी दिए।