रोजगारी सिर्जना गर्नका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन



काठमाडौं।  सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै रोजगारी सिर्जना गर्नका लागि उक्त रकम विनियोजन गरिएको बताए। उनका अुनसार यस कार्यक्रममार्फत् २ लाख मानिसले रोजगारी पाउनेछन्।

व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जामार्फत् सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्रीले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  सरकारको निर्णयले पनि चलेनन् सार्वजनिक सवारी, व्यवसायी रुष्ट