मासिक १० युनिटमात्र विद्युत उपभोग गर्नेलाई निशुल्क, सामाजिक सुरक्षा भत्ता अनिवार्य बनाउने



काठमाडौं।

सरकारले शहरमा वृक्षारोपण गर्ने कार्यक्रमलाई अघि बढाई हरित शहरको रुपमा विकास गर्ने जनाएको छ। पर्यटन क्षेत्रमा परेको नकरात्मक असरलाई ध्यान दिएर पर्यटकीय गतिविधिसँग सम्बन्धीत लगायत क्षेत्रलाई कर छुटको व्यवस्था गरिएको छ।

सरकारले मासिक १० युनिटमात्र विद्युत उपभोग गर्नेलाई निशुल्क दिने भएको छ। त्यसैगरी १ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्ताले २५ प्रतिशत छुट पाउने छन्। २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत छुट दिइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरेका छन्।

लकडाउन अवधिको डिमाण्ड शुल्कमा उद्योगीले समेत छुट पाउने भएका छन्। त्यस्तै रातको समयमा विद्युत खपत गर्दा ५० प्रतिशत मात्रै शुल्क लिने ब्यवस्था बजेटमा गरिएको छ।

अन्य सम्बन्धित समाचार:  शनिबार पनि बैंकका शाखा खोल्न केन्द्रीय बैंकको निर्देशन

सामाजिक सुरक्षा भत्तालाई अनिवार्य र सर्वब्यापी बनाउने घोषणा

सरकारले सामाजिक सुरक्षा भत्तालाई अनिवार्य र सर्वब्यापी बनाउने घोषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै एकल महिला, जेष्ठ नागरिक,सिमान्तकृत वर्गलगायतलाई सामाजिक सुरक्षा दिइँदै आएकोमा त्यसलाई अनिवार्य र सर्वव्यापी बनाइने उनले घोषणा गरे।

अर्थमन्त्री खतिवडाले हालसम्म दिइँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको जानकारी दिए। त्यसका लागि ६७ अर्ब ५० करोड विनयोजन गरेको जानकारी दिए।

स्थानीय तहसम्म ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापनलाई निरन्तरता दिइँदै वडासम्म विस्तार गर्न बजेट विनियोजन भएको छ।