सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि

कैलाली। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक जनप्रतिनिधिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार कैलालीको गोदावरी नगरपालिकाका एकजना पुरुषमा कोरोना पुष्टि भएको थियो। ती व्यक्ति जनप्रतिनिधि रहेको खुलेको हो।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा संक्रमण पुष्टि भएको हो। उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो। ‘आरडीटी पोजिटिभ’ देखिएपछि उनलाई छुट्टै राखिएको थियो। यसअघि, सुदूरपश्चिममा एम्बुलेन्सचालक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि