महिलाको अन्त्येष्टि पछि कोरोना देखिदा मलामीको खोजी

कैलाली। सेती अस्पतालको डायलासिस सेन्टरमा मृगौला डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिका–४ घर भएकी ति महिलालाई शुक्रबार बिहान ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएको भएपनि उनको केहीबेरमा नै मृत्यु भएको थियो। उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझाएको भएपनि कोरोना परिक्षणमा भने पोजेटिभ आएपछि समस्या देखा पर्न सक्ने भन्दै सर्तकता अपनाउन भनिएको छ। महिलाको अन्त्येष्टि कार्यमा सहभागिहरुको समेत अव परिक्षण गर्न पर्ने देखिएको छ। संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशमा १४ काेराेना संक्रमितको मृत्यु