चलचित्र विकास बोर्ड नेपालको अध्यक्षमा निर्देशक दयाराम दाहाल

काठमाडौं। निर्देशक दयाराम दाहाललाई सरकारले चलचित्र विकास बोर्ड नेपालको अध्यक्षमा नियुक्त गरेको छ। तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातबाट निधन भएपछि ६ महिनादेखि रिक्त बोर्डको अध्यक्ष पदमा मन्त्रिपरिषदले फिल्म निर्देशक दाहाललाई बिहीबारको गरेको हो।

अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले आवेदन माग गर्दा दश जनाले आवेदन दिएका थिए। मन्त्रालयले दाहाल, कलाकार भुवन केसी र राजेश थापाको नाम मन्त्रिपरिषदमा लगेको थियो। दाहाललाई मन्त्रिपरिषदले नियुक्त ग¥यो।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै