अन्तर्राष्ट्रिय अदालत जाने गंगामाया अधिकारीको चेतावनी

काठमाडौं। तत्कालीन विद्रोही माओवादीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या गरेको १६ वर्ष बितेको छ। छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमा गंगामाया राजधानीको वीर अस्पतालमा आमरण अनशनमा बसेको वर्षौं बितेपनि न्याय पाउने आशा कम भएपछि अब अन्तर्राष्ट्रिय अदालत जाने उनले चेतावनी दिएकी छिन्।

गोरखा, फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादी कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेका थिए।

निर्दोष छोरोको हत्यापछि अधिकारी दम्पतीले न्यायको लागि अनवरत संघर्ष गरेपनि न्याय पाउन सकेका छैनन।

अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते मृत्यु भएको थियो। श्रीमानको मृत्यु भएपछि पनि गंगामायाले अनशनलाई थाती राखेकी छिन्।

अन्य सम्बन्धित समाचार:  हुम्लाका दुई गाउँपालिका ‘सिल’

दिवंगत छोराको तस्वीर अस्पतालको भित्तामा झुन्ड्याएर अनशन जारी राख्दै आएकी गंगामायाले न्याय पाउने आशा कमजोर बन्दै गएपछि उनी ‘लकडाउन’ खुलेलगत्तै अन्तर्राष्ट्रिय अदालत ढकढक्याउने योजनामा रहेकी छिन्।