गण्डकीमा थपिए ३८ सङ्क्रमित, कुल संख्या ११३ पुग्यो

पोखरा। गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमितको संख्या ११३ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३८ जना नयाँ सङ्क्रमित पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जनाएका छन्।

उक्त नयाँ संक्रमितहरु स्याङजाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना र नवलपरासी बर्दघाट मुस्ता पूर्वाका ४ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट वडा अध्यक्ष र सदस्यको मृत्यु