डोटीको क्वारेन्टिनमा एक जनाको मृत्यु

डोटी। डोटीमा भारतबाट आएर क्वारेन्टिन बसेका एकजनाको मृत्यु भएको छ। १९ वर्षीय ती युवकको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि क्वारेन्टिनमा बसेका थिए।

उनको आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार मृतकको स्वाब संकलनका लागि टोली पठाइएको छ। उनीसँगै १० जना क्वारेन्टिनमा रहेकाले सबैको स्वाब परीक्षण गरी धनगढी पठाउने तयारी भइरहेको मलासीले बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु