भारतमा एकै दिन १० हजार भन्दा बढी संक्रमित

कोरोना भारत

एजेन्सी। भारतमा एकै दिन १० हजार भन्दा बढी कोभिड–१९ का संक्रमित भेटिएका छन्। यो संख्या अहिले सम्म एकदिनमा भेटिएका संक्रमितको सबैभन्दा उच्च हो। गत २४ घण्टामा १० हजार ५ सय २१ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै मृत्यु हुनेको संख्या पनि अहिले सम्मकै उच्च देखिएको छ। एकै दिनमा २ सय ९७ जनाको मृत्यु भएको जोन हप्किंस विश्वविद्यालयले जनाएको छ। यो संँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ भने कुल मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ।

यस्तै संक्रमितको संख्याका हिसाबले भारत विश्वमा पाँचौ स्थानमा रहेको छ। उता विश्वभरि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ भने झण्डै ७० लाख संक्रमित रहेका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि