उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंबाट १५ दिनअघिमात्र गृहजिल्ला गएका युवकमा कोरोना पुष्टि

उदयपुर। उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना रहेका छन्।

कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए। एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिएको पत्रकार विश्वराज तामाङले नेपाली पत्रिकालाई बताए।

उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो

काठमाडौंबाट १५ दिनअघिमात्र गृहजिल्ला गएका ति युवकमा कोरोना पुष्टि भएसंगै जिल्लामा सुरक्षा सर्तकता बढाउन स्थानीयले माग गरेको बुझिएको छ। उता वेलका नगरपालिकाका २ जना पुरुषमा पनि क्वारेन्टिनमै रहेको कोरोना संक्रमित भएको बताईएको छ। अहिले उनीहरुलाई अस्पताल लगिएको छ।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदै

उदयपुरमा ५ वैशाखमा पहिलो पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो। मुस्लिम धर्म प्रचारक जमातीमा कोरोना संक्रमण देखिएपछि परीक्षण गर्दा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मात्र ३३ जना संक्रमित देखिएका थिए। उनीहरुमध्य धेरै निको भएर घर फर्केका छन्।