महाजगञ्जस्थित प्रहरी अस्पताल सिल, तीस जना नर्सलाई क्वारेन्टाइनमा राखियो

संक्रमित दुई जना नेपाल प्रहरी

काठमाडौँ। काठमाडौँमा शनिवार थपिएका ४ कोरोना सङ्क्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत भएको खुलेको छ। सङ्क्रमण भएको दुई जना नेपाल प्रहरीका रहेको बुझिएको छ। बाँकी एक जना भने नेपाल प्रहरी परिवार सदस्य भएको खुल्ना आएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित जानकारीमा शनिवार काठमाडौँमा चार जनामा कोरोना पोजेटिभ भएको उल्लेख गरेको थियो। अस्पतालमा नै कोरोना सङ्क्रमित भेटिएपछि महाजगञ्जस्थित प्रहरी अस्पताल अहिले सिल गरिएको छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आएका चिकित्सक तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालमा कार्यरत ३० जना नर्सहरूलाई क्वारेन्टाइनमा राखियो

अस्पतालमा कार्यरत ३० जना नर्सहरूलाई क्वारेन्टाइनमा राखिएको छ। सङ्क्रमित बिरामीहरूलाई अस्पतालको तीन वटा वार्डमा राखिएको थियो। अहिले दुई जनालाई सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालमा लगिएको छ। बाँकी एक जनालाई भने त्रिवि शिक्षण अस्पताल टिचिङ अस्पताल लगिएको एआइजी सिंहले जानकारी दिइन्।

अन्य सम्बन्धित समाचार:  अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान सञ्चालन गर्न सकिने

सङ्क्रमित प्रहरीमध्ये एक जना अस्पतालमा कार्यरत र एक जना उपचारका लागि अस्पतालमा भर्ना भएको खुलेको छ। एक जना ल्याबमा काम गर्ने प्रहरी हुन्।