चरिकोट अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी निकालिए

दोलखा। दोलखाको चरिकोटको प्रस्तावित चरिकोट अस्पतालबाट १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारी सेवाबाट निकालिएका छन्। २०७२ माघ देखी अस्पतालको व्यवस्थापनमा चल्दै आएको ‘न्याय हेल्थ’ नामक गैरसरकारी संस्थाबाट निकालिएका ति कर्मचारी जागिरबाट निकालीएसंगै विरोधमा उत्रिएका छन्।

विरोध अन्तर्गत कामबाट निकालीएका कर्मचारीले आज तालाबन्दी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको बुझिएको छ। अस्पतालमा एनजिओ र प्राथमिक स्वास्थ्य केन्द्र तर्फका सरकारी दरबन्दीका गरेर दुईथरी कर्मचारी कार्यरत छन्।

हटाईएका कर्मचारीमा प्रायः नर्स, हेल्थ असिस्टेन्टदेखि तल्लो तहसम्मका छन्। यस्तै, एनजिओ तर्फको व्यवस्थापन समुहमा कार्यरतहरु कर्मचारी समेत हट्ने सुचीमा परेको बुझिएको छ। व्यवस्थापनबाट हटाइएकामा सरसफाईका ७ जना, सुरक्षाका १, प्रयोगशालाका २, फार्मेसीका १, नर्सिङ सेवाका ४ जना, आकस्मिक सेवाका ३ जना, सामुदायिक स्वास्थ्य कार्यक्रमका ९ जना, स्टोर र मानव संशाधन विभागका ५ जना, बिरामी सहयोगी ३ जना र प्रविधिक शाखाका २ जना रहेका छन्।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने