कर्णालीमा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत। कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। कर्णालीमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा नयाँ मुख्यमन्त्री चयनका लागि दिइएको समयसीमा आज सकिंदै