जनता समाजवादी पार्टीमा अब तीन जना अध्यक्ष रहने, आजै दल दर्ता

काठमाडौं। जनता समाजवादी पार्टीमा अब तीन जना अध्यक्ष रहने भएका छन्। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा आईतबार भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति भएको हो।

जनता समाजवादीले तीन अध्यक्ष रहने गरी दल दर्ता गर्न लागेको छ। जसमा एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्। संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको बुझिएको छ।

त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको छ। त्यसैगरि तीन जना अध्यक्ष र चौथो बरियतामा अशोक राई र पाँचौंमा राजेन्द्र महतो रहने भएका छन्। राई र महतोलाई पाट्रीले अब वरिष्ठ नेता रहने गरि सहमति गरेको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री

दल दर्ताका लागि आजै ४ बजे निर्वाचन आयोग जाने पनि तयारीमा रहेका छन्। गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो।