सांसद गंगा चौधरीले प्रयोग गरेको शव्दबारे छानबीन हुने

महान्यायाधिवक्ता

काठमाडौं। समाजवादी पार्टीका सांसद सरित गिरीलाई लक्षित गर्दै नेकपा सांसद गंगा चौधरीले प्रयोग गरेको भारतीय चेली शव्दबारे छानबीन हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले उक्त बिषयलाई लिएर कारवार्ही गरिने बताएका छन्।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद चन्दा चौधरीले ‘भारतीय चेली’ शब्द रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका हुन्।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले यस विषयमा आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए।

आफूहरुले संसद नियमावलीको व्यवस्थाअनुसार हिन्दीमा सपथ लिएको र हिन्दीमा बोलिरहेको पनि बताइन्। सांसद चौधरीले बोलिसकेपछि सभामुख सापकोटाले यो प्रकरणमा सबै विवरण पल्टाएर हेर्ने र कार्यव्यवस्था परामर्श समितिमा सबैको यथोचित छानबिन हुने पनि बताए।

अन्य सम्बन्धित समाचार:  मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर डोटीमा