शेयर बजार खुलाउने सन्दर्भमा अर्थमन्त्री डा. युवराज खतिवडा सकरात्मक

काठमाडौं। लामो समय बन्द रहेको शेयर बजार खुलाउने सन्दर्भमा अर्थमन्त्री डा. युवराज खतिवडा सकरात्मक रहेका छन्। नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने धारणा व्यक्त गरेका हुन्।

उनले उच्च सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्ने बताए। लकडाउन हुनु अगावै बन्द भएको सेयर बजार लकडाउनकै समयमा केही दिन खुलेको भएपनि बढ्दो जोखिमलाई मध्यनजर गर्दै पुनः बन्द गरिएको थियो।

अहिले पुनः लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउनु पर्ने माग राखेपछि शेयर बजार खुल्ने संकेत मिलेको छ।

अन्य सम्बन्धित समाचार:  आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था