सबैलाई धन्यवाद दिदैँ बिदा भए प्रवक्ता विकास देवकोटा

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित मिडिया बिफ्रिङकै क्रममा आफ्नो पदावधि सकिएको घोषणा गरेका छन्। आफूले सम्हाल्दै आएको पदमा डा जागेश्वर गौतमले भोलि देखि कार्यभार सम्हाल्ने बताउँदै कोरोना सङ्कटको समयमा सहयोग पुराउनु हुने सबै क्षेत्र र सञ्चार माध्यमलाई उनले धन्यवाद दिदैँ बिदा भएका छन्।

आफूले अब नापतौल तथा गुणस्तर विभागको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने समेत उनले उल्लेख गरेका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रवक्ता डा विकास देवकोटालाई हटाई डा जागेश्वर गौमतलाई सो जिम्मेवारी दिएका हुन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीलाई विपक्षीको आग्रह— बहुमतको सरकार गठन प्रक्रिया थालियोस्