जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव

दुईपार्टी एक भएर अब जनता समाजवादीको नाममा निर्वाचन आयोगमा दर्ता

काठमाडौं।
आईतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएको छ। दुईपार्टी एक भएर अब जनता समाजवादीको नाममा निर्वाचन आयोगमा दर्ता भएको छ। जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ रहेको छ।

दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो। तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन।

निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नयाँ प्रविधि: ‘रोबो भ्यान’ बन्दै