साउदीमा रहेका अवैधानिक नेपालीलाई तत्काल सम्पर्कमा आउन  महावाणिज्य दूताबासको आग्रह

जेद्दास्थित महावाणिज्य दूतावास सम्पर्क गर्न अनुरोध

योगेन्द्र योगी,दोहा। साउदी अरबको मक्का पश्चिम क्षेत्रमा अवैधानिक भएर बसेका नेपालीहरूलाई सम्पर्कमा आउन साउदी स्थित महावाणिज्य दूतावास जेद्दाले आग्रह गरेको छ। अवैधानिक भएका तथा कम्पनीले अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका तावुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरानमा बस्ने नेपालीलाई सम्पर्कमा आउन  एक सूचना जारी गर्दै महावाणिज्य दूतावासले आग्रह गरेको छ।

कोरोनाको कारणले स्वदेश फर्किनैपर्ने अवस्था भएका नेपाली कामदारलाई आवश्यक विवरण सहित जेद्दास्थित महावाणिज्य दूतावास सम्पर्क गर्न अनुरोध गरिएको छ।

यस्ता समस्यामा परेका नेपाली कामदारहरूले आफ्नो नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान र सम्पर्क नम्बर विवरणमा उल्लेख गर्नुपर्ने हुन्छ। यस्तै राहदानीको फोटोकपी फोटोपेज मात्रै, अकामा बनेको भएमा अकामाको फोटोकपी र अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपी पनि पेश अनुरोध गरिएको महावाणिज्य दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)