पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहलाई उद्धृत गर्दै पत्रकार सत्यराज घिमिरेले नेपाली पत्रिकालाई जानकारी दिए।

संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा रहेको बताईएको छ। संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन्।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको बताईएको छ। संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना उपचार कक्षमा थप आठ भेन्टिलेटर जडान हुँदै