सप्तरीमा थप २७ जना कोरोना पोजेटिभको सङ्क्रमित फेला 

जिल्लामा सङ्क्रमितको सङ्ख्या ९३ जना पुग्यो

शुभ नारायण यादव, सप्तरी। सप्तरीको बलान बिहुल गाउँपालिकामा आज एकैपटक थप १६ जनामा कोरोना पोजेटिभ देखिएका छन्। यो सँगै सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ९३ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिए।

यादवका अनुसार पछिल्लो पटक सङ्क्रमित थपिएसँगै सप्तरीको बलान बिहुल गाउँपालिकामा कोरोना पोजेटिभको सङ्ख्या २७ पुगेको छ। संक्रमितहरुमा एक महिला समेत रहेका छन्। सङ्क्रमणको पुष्टि भएकाहरूलाई क्वारेन्टाइनबाट राजविराज स्थित साई कृष्णा अस्पतालको आइसोलेसनमा ल्याइएको छ।

हालसम्मको प्राप्त विवरण अनुसार बर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६ जना, राजविराज नगरपालिकामा ५, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

कुल कोरोना संक्रमितहरुमध्ये ५ जना महिला रहेका छन्। स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारेन्टाइनबाट स्वाब सङ्कलन गरी परीक्षणकोलागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको थियो।

अन्य सम्बन्धित समाचार:  धौलागिरी हिमाल पुगेका चार पर्वतारोहीलाई कोरोना संक्रमण पुष्टि