जसले जागिरबाट निकालिएपछि आत्मदाह गरे

अछाम। जागरिबाट निकालिएपछि उनी धेरै पिरोलीय। अन्ततः पीडा सहन नसकेर उनले सोमबार विहान आत्मदाह नै गरेका छन्। यो घटना हो अछामको बयलपाटा अस्पतालको। सफाइ कर्मचारीको रुपमा कार्यरत २७ वर्षका सिद्धार्थ आहुजी नाम गरेका कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। आर्थिक अवस्था नाजुक रहेका उनको अवस्था गम्भीर रहेकोले कोहलपुर मेडिकल कलेज पठाइएको छ।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस