सन्धिखर्कका उपमेयरलाई पनि कोरोना संक्रमण

अर्घाखाँची। जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टी भएको जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए।

भारत लगाएत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए।

उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन्। भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  बालबालिकालाई कोरोना विरुद्धको खोप दिने निर्णयमा पुनर्विचार गर्न डब्ल्यूएचओको आग्रह