पाकिस्तानी मन्त्रीद्वारा बलात्कृत ब्लगरको मर्मस्पर्शी बयान

एक अमेरिकी ब्लगरको बलात्कृत भएको रातको विवरण

इस्लामावाद।

अमेरिकी ब्लगर सिन्थिया डि रिची विरुद्ध पाकिस्तान पिपुल्स पार्टी (पिपिपि)का जिल्ला इकाई अध्यक्षले अपराध मुद्दा दर्ता गर्न निवेदन दिएका छन्। निवेदनमा रिचीले आफ्नो ट्विटर ह्याण्डल/ खाताबाट भूतपूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पिपिपि नेत्री स्वर्गीय बेनिजिर भुट्टो माथि अत्यन्त अपमानजनक र बेइज्जतीपूर्ण टिकाटिप्पणीहरू गरेको उल्लेख छ।

अमेरिकी ब्लगर रिचीले गत शुक्रवार भूतपूर्व पाकिस्तानी आन्तरिक मन्त्री रहमान मलिक विरुद्ध बलात्कारको र भूतपूर्व प्रधानमन्त्री युसुफ रजा गिलानी र भूतपूर्व सङ्घीय स्वास्थ्य मन्त्री मख्तुम शहाबुद्दिन विरुद्ध यौन हिंसाको आरोप लगाए पश्चात चरम विवादको घेरामा तानिएकी छिन्।

यद्यपि, पिपिपि नेतृत्वका अनुसार यस “आधारहीन” बलात्कार र यौन हिंसाको आरोपका लागि उनी विरुद्ध कानुनी कारवाही गर्ने कदमबाट अविचलित रिचीले भनेकी छिन्। “म तिनीहरूलाई कुनैपनि अदालतमा सामना गर्न तयार छु र मैंले न्याय पाउने छु।”

विलकुल ! मैले पहिले नै पनि भने, “म अदालतको लागि तयार छु। सबै कागजपत्रहरू, भ्वाइस नोटहरू, अश्लिल फोटोहरू र पिपिपिका बलात्कारका धम्कीहरू, ती वैज्ञानिक तथ्याङ्कहरू जसले यस उत्पिडनको जालोलाई सँगै राख्न मद्दत गर्नु भएको छ। मलाई आशा छ पिपिपि मेरो मुद्दाको लागि तयार छ”, रिचीले एउटा ट्विटमा भनिन्।

सन् २०११ मा मलिकको घरमा जाँदाको दुर्भाग्यपूर्ण रातका विवरणहरू रिचीले उल्लेख गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक

“मैले के लगाएको थिएँ, उनलाई सोध्नु? यदि सम्झिन्छन् कि? जब उनी म माथि थिए उनले के भने?

किनकि म सम्झिन्छु,” रिचीले आफ्नो ट्विटर पोष्टमा भनिन्।

“बलात्कारको संस्कृति रोकिनै पर्छ”

रिचीले आफ्नो पोष्टमा दावी गर्दै भनेकी छिन्। “पाकिस्तानमा यौन दुर्व्यवहारको संस्कृति छ र पुरुषहरू आफ्ना यौनिक जितको बारेमा कल्पना गर्नमा खुसी मान्दछन्। मलाई जे भयो त्यो यौन दुर्ब्यवहारको वा शक्ति प्रदर्शनको एउटा नमुना थियो। पाकिस्तानका कुलीनहरुमा शक्तिको दुरुपयोग सामान्य हो र यो दुबै लिङ्गहरुमा समान छ”, उनले ट्विट गरिन्।

ट्विटमा उनले पाकिस्तानको “बलात्कारको सँस्कृति” लाई समाप्त गर्न आह्वान गरिन्।

“यो बलात्कारको संस्कृति रोकिनै पर्छ। महिलाहरुले बालबालिकाहरुलाई उत्पिडकहरुबाट आफूलाई कसरी रक्षा गर्ने भन्ने बारे शिक्षा दिन सँगै काम गर्नै पर्छ”।

“औरत मार्च” का समर्थकहरु कहाँ छन्?

यी अमेरिकी ब्लगर र पत्रकारले महिला अधिकारका हिमायतीहरु, विशेष गरि औरत मार्चका नेतृत्व र सदस्यहरुको मौनतामाथि प्रश्न उठाएकि छिन्।

“किन औरत मार्चका समर्थकहरु र अन्य कुनै महिलाले आफूलाई सरकारी अधिकारीहरुले बलात्कार गरेको भन्ने दावी माथि कम्तिमा सोधपुछ पनि गरिरहेका छैनन्? किन तिमीहरु मेरो आवाजलाई दवाउन खोज्दैछौ ? ” 

रिचीले आफ्नो ट्विटमा पाकिस्तानकि एक प्रखर महिला अधिकार सम्बन्धी बक्ता, विना सर्वारलाई ट्याग गर्दै प्रश्न गरिन।

“यदि उनीहरु खुल्ला वार्तालाप चाहँदैनन् भने किन तिम्रा निश्चित ट्विटर खाताहरुले मलाई ब्लक गर्छन्?” रिचीले प्रश्न गरिन्।

“उनका टिप्पणीहरु गलत, असत्य, बदनामिपूर्ण, बेइज्जतियुक्त त छँदै छन्, तिनले पाकिस्तानमा लाखौं, जो शहीद मोहतर्मा बेनिजिर भुट्टोलाई आदर गर्छन् र उच्च सम्मान दिन्छन्, लाई अत्यन्त दुख र कष्ट दिलाएको छ”, पिपिपिको निवेदनले भन्यो।“

तपाईंको कार्यालयलाई तुरुन्त कारवाहीको लागि र यस महिला रिचीे विरुद्ध कानुनले सल्लाह दिए बमोजिम र तपाईंको जनादेश अनुसार प्रक्रिया अघि बढाउन अनुरोध गरिन्छ”, पिपिपिको एडिएसजेलाई दाखिला गरिएको याचनामा थपिएको छ।