दार्चुलाका कोरोना सङ्क्रमित व्यक्तिसँगै सुतेका अर्का पुरुषको आरडिटी पोजेटिभ

किरन धामी, दार्चुला।
कोरोना सङ्क्रमण देखिएका महाकाली नगरपालिकाका पुरुषसँगै सुतेका अर्का पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ। भारतको दिल्लीबाट आएका महाकाली नगरपालिकाका ति पुरुषमा सोमबार गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ आएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालजिरा भट्टले जानकारी दिए।

जेठ ८ गते खलङ्गाको नाका भएर आएका उनीहरूमा कोरोना सङ्क्रमण भेट्टिएको हो। उनीहरुलाई हाल महाकाली नगरपालिकाले महेन्द्र नमुना माविको क्वारेन्टाइनमा राखेको छ।

जेठ १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएका व्यक्तिसँग एउटै बेडमा सुतेका २४ वर्षीय पुरुषको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ  आएको र उनलाई अहिले छुट्टै कोठामा राखिएको भट्टले बताए।

आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाब सङ्कलन गरी पिसिआरका लागी धनगढी पठाइएको तथा रिपोर्ट नआएको उनको भनाइ छ। कोरोना पुष्टि भएका व्यक्ति सँगै एउटै कोठामा सुतेका अन्य तिन जनालाई समेत छुट्टै राखिएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

यसैबीच महेन्द्र माविकै क्वारेन्टाइनमा विगत १४ दिन भन्दा बढी बसेकाहरूको आरडिटी गरी परिक्षण गरी घर पठाइएको छ। क्वारेन्टाइनमा बसेका २७ जना मध्ये आरडिटि नेगेटिभ आएपछि १० दिन होम क्वारेन्टाइनमा बस्न सुझाव दिँदै छोडिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए।