रुपन्देहीमा पाँच जनाको हत्या

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

रुपन्देही। रुपन्देहीमा पाँच जनाको हत्या भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका – १० कान्छीबजारमा हत्या भएको स्थानीयले जनाएका छन्।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको जनाइएको छ।

मृतक को को हुन् भन्ने खुल्न सकेको छैन्। प्रहरी घटनास्थल तर्फ गइरहेको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते