भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन। भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका संक्रमितको मृत्यु भएको हो। उनको मंलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुटु र निमोनियाको समस्यासमेत रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  उपचाररत २ कोरोना संक्रमितको मृत्यु