प्रधानमन्त्रीकै जिल्लामा सिमा अतिक्रमण (भिडियो रिपोर्ट सहित)

दशगजाभन्दा ५० मिटर भित्रसम्म घुसेर नेपाली भूमि कब्जा

शम्भु दाहाल, झापा। नेपाल भारत सिमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सिमा अतिक्रमण भएको पाइएको छ। भारतसँग सिमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर सिमा क्षेत्रको विभिन्न स्थानमा झण्डै १ हजार ७ सय हेक्टर नेपाली भूभाग भारतीयले अतिक्रमण गरेको देखिन्छ।

विशेष गरी भारतीय सिमा सुरक्षा बल एसएसबीको दादागिरी र सीमावर्ती नेपाली भूमिको उपभोग भारतीयले गर्दा सिमा अतिक्रमण बढेको पाइएको छ। भारतले झापाको कतिपय सीमावर्ती विवादित सीमा क्षेत्र आफ्नो गुगल म्यापमा समेत समावेश गरिसकेको छ। पूर्वी सिमाना मेची नदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक  महेशपुर, लगायत ठाउँहरूमा नेपाली भूभाग मिचिएको स्थानीय तथा सिमा विद्हरुले बताएका छन्।

२०५२ सालअघि नेपालमा नै रहेको कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीपारिको सन्थाल वस्तीको ७ घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार अहिले रातारात भारतीय भूमिमा पारिएको छ। १०४ र १०५ नम्बर सीमा पिलरले घेरिएको मेचीपारिको सन्थाल बस्तीका केही परिवार पनि हाल भारतीय भूमिमै परेका छन्।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

भारतमा ब्रिटिश शासन भएको बेला नेपाल भारत बीच भएको सुगौली सन्धि बमोजिम दुवै देशको सीमा जंङ्गे पिलरले छुट्याइएको थियो। जङ्गे पिलरलाई सीमा पिलर मानेरै सीमावर्ती आसपासका क्षेत्रमा वर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए।

जङ्गे पिलरलाई सीमा पिलर मानेरै सीमावर्ती आसपासका क्षेत्रमा वर्षौदेखि नेपाली बसोबास गर्दै आइरहेका थिए।

पूर्वको सिमाना मेची नदीको वहाव परिवर्तन र बाढीका कारण सिमा स्तम्भ बगाउँदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ। २०५२ सालमा आफूले भोगचलन गर्दै आएको नेपाली भूमिको धनीपुर्जा बनाउन खोज्दा पुरै भूमि भारततर्फ परेपछि झापा बासी समस्या परेको प्राध्यापक तथा सीमाविद् चिन्तामणि दाहालले बताए।

एक साता अघि मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरूको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ। प्रतिवेदनअनुसार झापा गाउँपालिका १ मा रहेको स्याल मारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ।

झापा गाउँपालिका १ मा रहेको स्याल मारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण

भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजाभन्दा ५० मिटर भित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको पाइएको हो। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कोरोनाका कारण सीमालाई व्यवस्थित गर्ने चर्चा चलिरहेको बेला अब सिमाको वैज्ञानिक व्यवस्थापनको खाँचो रहेको औल्याए।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ७,६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

पटक पटक भारतीयले दादागिरी शैलीमा बर्षौंदेखी नेपाली भूमी कब्जा गरिरहदा पनि स्थानीय प्रशासन र सरकारले खासै चासो दिएको थिएन। नेपालतर्फ दशगजा क्षेत्रको सुरक्षा प्रभावकारी नभएकाले सिमामा भारतीयको दबदबा बर्षौंदेखी रहिरहेको थियो। अहिलेको अवस्थामा नै पटकपटक देखिने सिमाविवादलाई निष्कर्षमा पु¥याउनुपर्ने अवसर प्राप्त भएको छ।