राहतले दियो खुशी

शुभ नारायण यादव, सप्तरी।

लकडाउन भएको झण्डै अढाई महिनापछि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका स्थानीयबासीले राहत पाएका छन्। लकडाउनको लामो समय सम्म पनि राहत नपाउँदा विपन्न परिवारहरू भोकै रहेका थिए। तर अहिले गाउँपालिकाका विभिन्न वडामा राहत वितरण शुरु भएपछि जनताहरू खुशी भएका छन्।

छिन्नमस्ता गाउपालिका वडा न ५ लोखरमका दिनेश सदाले भने, ‘लकडाउनको अवधिमा कामकाज बन्द भए पछि समस्या थियो।, धेरै खुसी छु।’ उनले सुनाए।

सो वडाका झण्डै १ हजार ७५ घर परिवारलाई राहत स्वरुप २५ किलो चामल ,दाल ,तेल ,नुन ,साबुन ,बाल्टिन लगायतका सामग्रीहरू वितरण गरिएको वडाअध्यक्ष शिव शङ्कर पण्डितले जानकारी दिए।

उनका अनुसार यसअघि प्रदेश सरकारले उपलब्ध गराएको राहत सामग्रीहरू विपन्न समुदायलाई वितरण गरेको वडाअध्यक्ष पण्डितले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

यसैगरी सोही गाउँपालिकाको वडा न १ बरही बिरपुरका झण्डै १ हजार ७० परिवारलाई पनि राहत स्वरुप विभिन्न सामग्रीहरू वितरण गरेको वडाअध्यक्ष बिनोद कुमार यादवले जानकारी दिए।