लकडाउन उल्लंघन गरेर पसल खोलेका न्युरोडका ब्यापारी र प्रहरीबिच घम्साघम्सी!

काठमाडौँ।

लामो बन्दका कारण समस्यामा परेको भन्दै  न्युरोड, लाजिम्पाट लगायतका स्थानका पसलहरू केही दिन यता छिटफुट खुल्न थालेका छन्। त्यसो त सरकारले जेठ ३२ गतेसम्म घोषित रूपमै लकडाउन गरेको भएपनि अतिआवश्यकीय बाहेकका पसलहरू खुल्दा कोरोना सङ्क्रमण बढ्ने भएपनि व्यापारीहरूले अटेर गर्दै गएको देखिन्छ।

पसल खोल्ने विषयमा मङ्गलबार न्युरोड क्षेत्रमा त प्रहरी र व्यापारी बीच घम्साघम्सी नै भयो। लकडाउन उल्लङ्घन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरूले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको हो।

प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरूले नमानेपछि न्युरोड क्षेत्रमा तनाव

मङ्गलबार बिहान सो क्षेत्रका पसलहरू खुले पछि प्रहरीले व्यापारीहरूलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो। त्यसैगरी लाजिम्पाट क्षेत्रमा पनि प्रहरीले पसल बन्द गर्न निर्देशन दिदैँ हिँडेका थिए।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

यता प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव उत्पन्न भएको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका महासचिव टेकबहादुर शाक्यले बताएका छन्।

प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव उत्पन्न भएको व्यवसायीको गुनासो

न्युरोड गेट, रञ्जना गल्ली आसपासका क्षेत्रमा अहिले पनि  बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन्।
व्यापारीहरूले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लङ्घन गरेर केही दिनयता पसल खोल्दै आएका छन्।