काँग्रेस अब चुप लागेर बस्दैनः गगन थापा

कोरोना नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न

काठमाडौँ। कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारसँग माग गरेको छ। मङ्गलबारको प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाए। उनले खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग समेत गरेका थिए।

महामारीको समयमा पनि भ्रष्टाचारमा निर्लिप्त भएको भन्दै सरकारको आलोचना

महामारीको समयमा पनि भ्रष्टाचारमा निर्लिप्त भएको भन्दै सरकारको असली अनुहार जनताले देखेको भन्दै व्यङ्ग्य गरे। उनले दम्भ र भ्रष्टाचारमा लिप्त् सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने भन्दै सरकारले जनताप्रति साँधेको प्रतिसोधले सिमा नाघेको बताए। उनले भने, “यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्दैन। अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं।  काँग्रेस अब सबै पक्षको एक एक हिसाब माग्छ गगनले भने।

कोरोनाको लडाइँबाट पार लगाउन सरकारले नसक्ने सांसद थापाको आक्रोश 

आफूहरू प्रश्न गर्ने अनि बस्ने मात्र नभएर हरेकको उत्तर चाहने भन्दै सरकारलाई जवाफदेही बनाएर छाड््ने अडान उनको थियो। हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय। १० अर्ब रुपैयाँ खर्च कहाँ भयो? हामीलाई यसको उत्तर चाहिन्छ। हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ। यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त् हुने यो निर्लज्जताको पराकाष्ठ हो। हामीलाई हिसाब चाहिन्छ।”

अन्य सम्बन्धित समाचार:  माधव नेपाल र भीम रावल देउवा निवासमा, के वैकल्पिक सरकार बन्ला?

उनले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोमा आपत्ति जनाउँदै क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो भन्ने प्रश्न समेत सभामुख समक्ष राखेका थिए। उनले कोरोनबाट मृत्यु भएकाको तथ्याङ्क सङ्कलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोश पोखे।

क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो भन्ने प्रश्न समेत सभामुख समक्ष सांसद गगन थापाले राखे

अदालत, संसद्, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदूर पश्चिममा स्वाव सङ्कलन रोकिएको, प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भइरहँदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए। विज्ञहरूसँगै स्वास्थ्य मन्त्रालयले आर डी टी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आर डी टी परीक्षणलाई जारी राखेकोमा पनि उनले आपत्ति जनाए।

सरकारले आर डी टी परीक्षणलाई जारी राखेकोमा पनि उनले आपत्ति जनाए

उनले अस्पतालको तयारी, संक्रमित बढ्दै गर्दा कुन अस्पतालमा कति सामग्री थपियो, कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गरे। उनले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गरे।

कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी

उनले अब काङ्ग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिए। साथै उनले आफ्ना नागरिकलाई विदेशबाट ल्याउने सवालमा सरकारले गरेको निर्णय विरुद्ध एअरलाइन्स कंम्पनीहरुको झगडाले देश आउन बाट बञ्चीत नागरिकको समस्या सम्वोधन हुने कहिले भन्ने प्रश्न समेत गरे।