करेन्ट लागेर पर्सामा एक जनाको मृत्यु

पर्सा। करेन्ट लागेर पर्सामा एक जना पुरुषको मृत्यु भएको छ। धोबिनी गाउँपालिका हरिहरपुरका ४० वर्षीय शम्भु पटेलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो। शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए। गर्मीमा राहत पाउन घरमा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जलेश्वरमा पूर्ण निषेधाज्ञा लगाउने निर्णय