बेलुका ६ बजे मन्त्रिपरिषद बैठक बस्ने

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बेलुका ६ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बेलुका ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने तय भएको हो।

कोरोना महामारी लगायतका विषयमा बैठकमा छलफल हुनसक्ने सम्भावना रहेको छ। यसअघि आजका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?