कुवेतबाट १६८ जना महिला कामदार लिएर उडान भर्दै जजिरा एयर

पहिलो चरणमा आममाफी पाएकाहरूलाई उद्धार गरिने

योगेन्द्र योगी, दोहा। कुवेतमा आममाफी पाएर सेल्टरमा बसेका नेपाली कामदारलाई आजबाट स्वदेश फर्काउने भएको छ। पहिलो चरणमा आममाफी पाएकाहरूलाई उद्धार गरिने छ भने  जजिरा एयरको एक वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

पहिलो उडान भर्दै जजिरा एयरले आममाफीमा सहभागी कुवेतको सेल्टरमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरू कुवेतको समय अनुसार बिहान ७ बजे जजिरा एयरवेज मार्फत नेपाल प्रस्थान गर्नेछन्।

पहिलो उडानमा बच्चाको आमाहरू भएको शेल्टर आर्दिया १६८ जना लिएर उडान हुनेछ। शेल्टरबाट कुवेत पुलिसको गाडीमा सिधै प्लेनभित्र प्रवेश गर्नेगरी कुवेतबाट पहिलो उडान हुनेछ। त्यसपछि जजिरा एयरवेजले आफ्नो समय तालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सरकार र नेपाली दूतावास कुवेतलाई जानकारी गराउँदै आवश्यक दैनिक उडान भर्ने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ 

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची परराष्ट्रलाई बुझाएको दूतावासले जनाएको छ। यसरी फर्काइने नेपालीहरूको निशुल्क रुपमा स्वास्थ्य परिक्षण हुने छ भने उडानको पनि निशुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ।

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन्। कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ। नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो। विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरूले दूतावासमा फारम भरेको दूतावास स्रोतले जनाएको छ।

अवैधानिक हैसियतमा रहेका उनीहरूलाई कुवेत सरकारले  गत अप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचना जारी गरेपछि आफूहरूले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  खेर गयो ओलीको प्रयास, विश्वासको मत माग्दा देउवाले भनेः सहयोग गर्न सक्दिनँ

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो।